प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेको १० लाख मत कट्यो- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेको १० लाख मत कट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्रत्यक्षमा ४० सिटसहित कांग्रेस पहिलो स्थानमा छ ।

त्यस्तै दोस्रो स्थानमा एमालेले २९ सिटमा जित हात पारेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अहिलेसम्म १० सिटमा जित हात पारेको छ ।

समानुपातिकतर्फ भने एमालेले १० लाख मत कटाएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेले १० लाख ३३ हजार मत कटाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसको पनि १० लाख पुग्न लागेको छ ।

कांग्रेसको ९ लाख ८९ हजार मत आएको छ । अहिलेसम्म भएको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ८८ हजार मतसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको माओवादीले ४ लाख ५२ हजार मत ल्याउँदा राप्रपाले २ लाख ६२ हजार मत ल्याएको छ ।

शुक्रबार बिहान १०:४५ बजेसम्मको मतपरिणाम

प्रकाशित : मंसिर ९, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

धनुषा ३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

श्यामसुन्दर शशि

जनकपुर — प्रतिनिधिसभामा धनुषा क्षेत्र नम्बर ३बाट एमालेकी उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएका छन् ।

उनले ३३ हजार ३८८ मत ल्याई विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गरेकी हुन् । पराजित झाले २३ हजार ६८६ मत ल्याएका छन् ।

यसअघि महतो दुई पटक समानुपातिक सदस्यमा निर्वाचित भएका थिइन् । संविधानसभा सदस्य निर्वाचन २०६४ र संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा उनी एमालेबाट समानुपातिक सदस्य बनेकी थिइन् ।

प्रकाशित : मंसिर ९, २०७९ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×