धनुषा ३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

श्यामसुन्दर शशि

जनकपुर — प्रतिनिधिसभामा धनुषा क्षेत्र नम्बर ३बाट एमालेकी उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएका छन् ।

धनुषा ३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

उनले ३३ हजार ३८८ मत ल्याई विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गरेकी हुन् । पराजित झाले २३ हजार ६८६ मत ल्याएका छन् ।

यसअघि महतो दुई पटक समानुपातिक सदस्यमा निर्वाचित भएका थिइन् । संविधानसभा सदस्य निर्वाचन २०६४ र संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा उनी एमालेबाट समानुपातिक सदस्य बनेकी थिइन् ।

प्रकाशित : मंसिर ९, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?