३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काभ्रे–२ : बाँस्कोटा र हुमागाईंबीच फराकिलो मतान्तर

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेका दुई निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा सबैको ध्यान केन्द्रीत भएको छ । यस निर्वाचनमा क्षेत्र सबैको चासो बन्नुको पछाडी सधैं चर्चामा आइरहने नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।

काभ्रे–२ : बाँस्कोटा र हुमागाईंबीच फराकिलो मतान्तर

बाँस्कोटाले उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईंसँग मतान्तर बढाउँदै गएका छन् । हालसम्मको प्राप्त मतपरिणाम अनुसार बाँस्कोटा र हुमागाईंबीचको मतान्तर ५ हजार ६ सय १२ रहेको छ ।

हालसम्म बाँस्कोटाले ४४ हजार १४ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३८ हजार ४ सय २ रहेको क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हुमागाईंपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तेस्रो स्थानमा छन् । हालसम्मको मतपरिणाम अनुसार दिनेशले ९ हजार ७ सय ५१ मत पाएका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?