कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा कांग्रेसका शाहीको अग्रता

डीबी बुढा

मुगु — मुगुमा प्रतिनिधिसभा सदस्यमा एमालेका राजबहादुर कार्कीभन्दा गठबन्धन कांग्रेसका ऐनबहादुर शाही २ हजार १ सय ६५ मतले अगाडि छन् ।

मुगुमा कांग्रेसका शाहीको अग्रता

प्रतिनिधिसभाको मतगणनाको क्रममा शाहीले ८ हजार ४३ मत ल्याएका छन् भने एमालेका कार्कीले ५ हजार ८ सय ७८ मत ल्याएका छन् ।

२ हजार १ सय ६५ मतले शाहीले कार्कीलाई पछि पारेका छन् । अहिलेसम्म प्रतिनिधिसभातर्फ करिब १४ हजार मतगणना भएको छ । अझै करिब १२ हजार मत गन्न बॉकी छ । मुगुको कुल मतदाता ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?