सिरहा-४ मा जसपाका महतो निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

सिरहा-४ मा जसपाका महतो निर्वाचित

भरत जर्घा मगर

सिरहा — सिरहा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् ।

महतोले निकटतम् प्रतिस्पर्धी साहलाई ७ हजार ८ सय ८ मतान्तरले पराजित गरेका हुन् ।

महतोले २४ हजार १ सय २ मत पाएर विजयी हुँदा साहले १६ हजार २ सय ९४ मत पाए । तेस्रो स्थानमा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साहले १४ हजार ६ सय ५३ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर ९, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

सिरहा-३(२) बाट यादव विजयी

भरत जर्घा मगर

सिरहा — सिरहा ३(२) को प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रमोदकुमार यादव दोस्रो पटक निर्वाचित भएका छन् ।  कांग्रेसका सञ्जयप्रकाश यादवलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

यादव ९ हजार ९ सय ७६ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सञ्जयप्रकाश यादवले ८ हजार १४ मत प्राप्त गरे । निर्वाचित यादव मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मन्त्री हुन् ।

सिरहा १(२) मा गुप्ता विजयी

सिरहा १(२) को प्रदेश सभा सदस्यमा जसपाका राजकुमार गुप्ता विजयी भएका छन् । एकीकृत समाजवादीका अशोककुमार यादवलाई ३ हजार ६ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ता १६ हजार २ सय ३९ मत पाएर विजयी भए । यादवले १३ हजार २ सय ३३ मत पाए ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×