कास्की ३ (१)मा कांग्रेसका बराल विजयी

कास्की — गण्डकी प्रदेशसभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् । एमाले उम्मेदवार राजिव पहारीलाई पराजित गर्दै कांग्रेस उम्मेदवार बराल विजयी भएका छन् ।

कास्की ३ (१)मा कांग्रेसका बराल विजयी

प्रदेशसभामा विजयी बरालले १२ हजार ३ सय ६७ मत ल्याएका छन् । एमालेका पहारीले भने ११ हजार ९ सय २ मत पाएका थिए । बराल जिल्ला खेल्कुद समितिको कार्यलय प्रमुखबाट राजिनामा दिएर राजनीतिमा आएका हुन् । एमालेका पहारी भने २०७४ को निर्वाचनबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?