१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिरहा-३(२) बाट यादव विजयी

भरत जर्घा मगर

सिरहा — सिरहा ३(२) को प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रमोदकुमार यादव दोस्रो पटक निर्वाचित भएका छन् ।  कांग्रेसका सञ्जयप्रकाश यादवलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

सिरहा-३(२) बाट यादव विजयी

यादव ९ हजार ९ सय ७६ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सञ्जयप्रकाश यादवले ८ हजार १४ मत प्राप्त गरे । निर्वाचित यादव मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मन्त्री हुन् ।

सिरहा १(२) मा गुप्ता विजयी

सिरहा १(२) को प्रदेश सभा सदस्यमा जसपाका राजकुमार गुप्ता विजयी भएका छन् । एकीकृत समाजवादीका अशोककुमार यादवलाई ३ हजार ६ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ता १६ हजार २ सय ३९ मत पाएर विजयी भए । यादवले १३ हजार २ सय ३३ मत पाए ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?