कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

काभ्रे २(२) : कांग्रेसका बादे विजयी

ज्योति श्रेष्ठ

काभ्रे — प्रदेश सभा अन्तर्गत काभ्रे क्षेत्र नम्बर २(२)मा नेपालीका कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन् ।

काभ्रे २(२) : कांग्रेसका बादे विजयी

बादेले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पारेका हुन् । कांग्रेसका बादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् । यता एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाएका छन् ।

बादेले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पराजित गरेका थिए । निर्वाचित बादे नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री हुन् ।

बादेसँगै प्रदेश सभा २(२)मा ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जिल्लामा खसेको कुल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये प्रदेश २(२) मा ५५ हजार ६ सय ८० मत खसेको थियो ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?