माेरङ–६ मा कांग्रेसका शेखर काेइराला विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माेरङ–६ मा कांग्रेसका शेखर काेइराला विजयी

देवनारायण साह

माेरङ — माेरङ क्षेत्र ६ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर काेइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

काेइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

पहिलाे संविधानसभाकाे उपनिर्वाचन र दाेस्राे संविधानसभामा विजयी काेइराला २०७४ काे प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले विजयी भएका हुन् । मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याउँदा निवर्तमान सांसद भूमिप्रसाद त्रिपाठीले २७९५३ मत ल्याएका छन् ।

यसअघि २०७४ सालमा पाण्डे वाग्मती प्रदेशसभामा उम्मेदवार बनी विजयी भएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ ०६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×