धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादव विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । शुक्रबार बिहान सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।

यादवले २० हजार ११२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ०६:०५
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जित निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ०६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×