रुकुम पश्चिममा माओवादीको 'क्लिन स्विप'

महेश केसी

रुकुम पश्चिम — प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमका सबै क्षेत्रमा यसपटक पनि माओवादी केन्द्रले जितेको छ ।

रुकुम पश्चिममा माओवादीको 'क्लिन स्विप'

प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरेका हुन् । पराजित नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र केसी विजयी भएका छन् । केसीले जम्मा १९ हजार ३३ मत प्राप्त गरेका छन् भने, उनका प्रतिद्वन्द्वी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत प्राप्त गरेका छन् । केसी र शाहबीचको मतान्तर १० हजार ९ सय ५२ रहेको छ ।

प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका राजकुमार शर्माले एमालेका कर्णबहादुर घर्ती मगरलाई १२ हजार ८२ मतले पछी पार्दै जित हात पारेका हुन् । विजयी शर्माको कुल मत २० हजार १ सय ६० रहेको छ भने, घर्तीको कुल मत ८ हजार ७८ रहेको छ ।

२०६४ सालपछिका सबै आम निर्वाचन जित्दै आएको माओवादीले यसपटक पनि आफ्नो जितलाई निरन्तरता दिएको छ । यसपटकको निर्वाचनमा सत्ता गठबन्धन दलको समेत समर्थनमा माओवादी केन्द्र रुकुम पश्चिममा विजयी भएको हो ।

प्रकाशित : मंसिर ९, २०७९ ०५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?