सर्लाही–३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी


काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् । उप्रेतीले ३२ हजार ९३८ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका हुन् । पराजित नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका छन् ।
प्रकाशित : मंसिर ९, २०७९ ०५:१०