कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी

कान्तिपुर संवाददाता

कञ्चनपुर — प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कञ्चनपुर क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बीना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गर्दै लामा विजयी बनेका हुन् । उनले २४ हजार ८९२ मत ल्याए । मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।


प्रकाशित : मंसिर ९, २०७९ ००:४६
प्रतिक्रिया
पठाउनुहोस्

बर्दिया-१ (२) मा नागरिक उन्मुक्तिका राजकुमार चौधरी निर्वाचित

कमल पन्थी

बर्दिया — बर्दिया क्षेत्र नम्बर १(२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् । उनले एमालेका भक्तबहादुर विश्वकर्मालाई पराजित गरेका छन् । चौधरीले १३ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी विश्वकर्माले १२ हजार १ सय ८३ मत पाएका छन् । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी अन्जु दहितले ११ हजार ४ सय ९० मत पाएकी छिन् । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपमेयर हुन् ।

बर्दियामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभाकै मत परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा-१ मा कांग्रेसका संजयकुमार गौतम, क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नम्बर १(१) का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १(२)मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नम्बर २(१)मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नम्बर २ (२)मा विजयी बनेका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ००:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×