पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

डम्बरसिं राई

खोटाङ — नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

बिहीबार मध्यराति सार्वजनिक मत परिणाम अनुसार किराती २ हजार ३८५ मतान्तरसहित विजयी बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राईले २६ हजार १९३ मत ल्याएका छन् । किराती २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस समयमा उनी नेकपा एमालेसँगको गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित : मंसिर ९, २०७९ ००:२७
प्रतिक्रिया
पठाउनुहोस्

भोजपुर प्रदेशसभा १ मा नेकपा एस र २ बाट कांग्रेसका उम्मेदवार विजयी

डम्बरसिं राई

खोटाङ — भोजपुरको दुवै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भोजपुर प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र भोजपुर प्रदेशसभा २ मा कांग्रेसका विनोद राई विजयी भएका हुन् ।


बिहीबार सम्पन्न मतगणनामा राजेन्द्रकुमार राईले एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८९ मतको अन्तरले हराएका हुन् । राजेन्द्रले १६ हजार १ सय १० र हरिबहादुरले १२ हजार २ सय २३ मत ल्याएका छन् । १३ हजार ५ सय ७९ ल्याएर विजयी भएका विनोद राईले एमालेकै खड्गबहादुर कार्कीलाई ७ सय ५१ मतको अन्तरले हराएका हुन् । कार्कीले १२ हजार ८ सय २८ मत ल्याएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×