कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

डम्बरसिं राई

खोटाङ — नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

बिहीबार मध्यराति सार्वजनिक मत परिणाम अनुसार किराती २ हजार ३८५ मतान्तरसहित विजयी बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राईले २६ हजार १९३ मत ल्याएका छन् । किराती २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस समयमा उनी नेकपा एमालेसँगको गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित : मंसिर ९, २०७९ ००:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?