९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

दुर्गालाल केसी

काठमाडौँ — दाङ-१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । बिहीबार राति सम्पन्न मतगणनामा सहरी विकासमन्त्री रहेका चौधरी २६ हजार ५ सय ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

दाङ-१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरी रहिन् । उनले २१ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन् । दुवै बीचको मतान्तर ५ हजार ८४ मतको रह्यो ।

मेटमणि २०७४ मा भएको आमनिर्वाचन पनि एमाले उम्मेदवारका रुपमा सोही क्षेत्रबाट विजयी भएका थिए । त्यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक रहे । पाठकले १३ हजार ७ सय ९४ मत प्राप्त गरे ।

मेटमणिको जितसँगै दाङमा सत्तारुढ गठबन्धनले 'क्लिनस्वीप' गरेको छ ।

दाङ-२ बाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र दाङ-३ बाट नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् । प्रदेशसभा तर्फको ६ स्थानमै गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ००:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षा हटाउने शिक्षा विधेयकको प्रावधानबारे संसदीय समितिमा बहस चलिरहेको छ । तपाईंको राय के छ ?