महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी 

सुनिता बराल

महोत्तरी — महोत्तरी क्षेत्र नं २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छिन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी ८ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भएको क्षेत्र नं २ को निर्वाचन कार्यालयले जनाएको छ ।

गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका नागेश्वर यादवलाई २ हजार ३ सय ६६ मतान्तरले पछि पार्दै उनी विजयी भएकी हुन् । यादवले भने ६ हजार २ सय २ मत पाएका छन् । साह २०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट भारी मतले प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : मंसिर ८, २०७९ २३:३४
प्रतिक्रिया
पठाउनुहोस्

पश्चिम नवलपरासी-१ मा विनोद चौधरी निर्वाचित

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

निर्वाचित भएपछि चौधरीले यस क्षेत्रको दिगो विकास, कृषि क्षेत्र र रोजगारीका लागि योजनबद्ध रुपमा काम गर्ने बताए । साथै आफूलाई विश्वास गरेर मतदान गर्ने मतदातालाई आभार व्यक्त गरेका छन् । यो क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ २३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×