कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बाँके प्रदेशसभा १ (१) मा माओवादीकी कृष्णा केसी विजयी

रुपा गहतराज

नेपालगन्ज — बाँके क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी पुन: विजयी भएकी छन् । सत्ता गठबन्धनकी साझा उम्मेद्वार केसीले नागरिक उन्मुक्ति पाटीका उम्मेदवार सोमराज चौधरीलाई १ हजार १३७ मतान्तरले पछाडी पार्दै लुम्बिनी प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । केसी अहिलेको निर्वाचनमा बाँकेबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला उम्मेदवार
समेत हुन् ।

बाँके प्रदेशसभा १ (१) मा माओवादीकी कृष्णा केसी विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नमुनाले ९ हजार १०३ मत प्राप्त गरी निर्वाचित भइन् भने उनको निकटतम चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे ।

मतगणनाको सुरुवाती चरणमा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेलसँग प्रतिस्पर्धा भएपनि अन्तिम समयमा चौधरीले मतान्तर घटाउँदै दोस्रो स्थानमा ओगटन सफल भए । यस्तै, राप्रपाका नरेन्द्रकुमार पौडेलले ७ हजार २५८, जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले ३ हजार ७०६ र स्वतन्त्र उम्मेदवार तीर्थराज डिसीले २ हजार ४८९ मत प्राप्त गरे ।

यसैगरी अर्का स्वतन्त्र उम्मेदवार प्रदीप पौडेलले ५ सय ७०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेन्द्रकुमार विश्वकर्माले ५ सय ३४ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार जयप्रकाश चौधरीले ७३ मत प्राप्त गरेका छन् ।

नमुना लुम्बिनी प्रदेशमै विजयी हुने पहिलो लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् । यसअघि समेत २०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : मंसिर ८, २०७९ २३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?