अछाम प्रदेशसभा २ (२) मा कांग्रेसका रावल विजयी

मेनुका ढुंगाना

अछाम — अछाम– २ को प्रदेशसभा २ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावल विजयी भएका छन् ।

अछाम प्रदेशसभा २ (२) मा कांग्रेसका रावल विजयी

रावल २ हजार ५ सय ५२ मतान्तरमा विजयी भए । उनले जम्मा ११ हजार २ सय १६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवप्रसाद उपाध्यायले ८ हजार ६ सय ६४ मत प्राप्त गरे ।

रावल विजयी भएसँगै अछाममा प्रत्यक्षतर्फको प्रदेशसभा र प्रतिनिधिसभाको मतगणना सकिएको छ । अछामका दुई प्रतिनिधिसभा र ४ प्रदेशसभामा सबै सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभाका दुई सिट र प्रदेशसभाको प्रत्यक्षतर्फका दुई सिट जितेको एमाले यसपाली अछाममा निल भएको छ । समानुपातिकतर्फको मत भने शुक्रबार मात्रै गणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?