महोत्तरी- १ (२) मा माओवादीका साह विजयी

सुनिता बराल

महोत्तरी — महोत्तरी क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भरत प्रसाद साह विजयी भएका छन् । जनता समाजवादी पार्टीका राम श्रेष्ठसँग २ हजार ५ सय मतान्तरले उनी विजयी भएका हुन्।

महोत्तरी- १ (२) मा माओवादीका साह विजयी

साह ८ हजार ३ सय ७१ मत प्राप्त गरी विजयी हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका राम श्रेष्ठले ५ हजार ८ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

विजयी साह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी अहिले मधेस प्रदेश सरकारका गृह तथा संचार मन्त्री समेत हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?