रूपन्देही- २ (२) मा एमालेका श्रेष्ठ विजयी

अमृता अनमोल

बुटवल — रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ (२) बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी भएका छन् । श्रेष्ठले १६ हजार ३ सय  मत प्राप्त गरेका छन् ।

रूपन्देही- २ (२) मा एमालेका श्रेष्ठ विजयी

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १ सय ५८ मत खसेको थियो।

विजयी श्रेष्ठ यसअघि यही क्षेत्रबाट निर्वाचित भई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री समेत बनेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?