बर्दिया- २ (१) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

बर्दिया- २ (१) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

कमल पन्थी

बर्दिया — बर्दिया क्षेत्र नम्बर २(१) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका धर्मराज चौधरी निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका मान बहादुर चौधरीलाई फराकिलो मतले पराजित गरेका हुन् ।

धर्मराज २० हजार १ सय २७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मान बहादुरले १० हजार ९ सय ८४ मत पाएका छन् ।

उनी २०६४ को संविधानसभामा निर्वाचित भएका थिए । एमालेबाट प्रदेससभा सदस्यमा उम्मेदवार बनेकी कृष्णी थारुले ७ हजार १८ मत पाएकी छन् । उनी ०७४ सालमा एमालेबाट निर्वाचित भई लुम्बिनी प्रदेशको उपसभामुख बनेकी हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभा प्रदेशसभा १ मा माओवादीका राजेन्द्र कार्की ३४ मतले विजयी

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाबाट प्रदेशसभा १ मा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् ।

कार्कीले एमालेका भविश्वर गुरुङलाई ३४ मत बढि ल्याएर पराजित गरेका हुन् । कार्कीले १३ हजार ४३३ मत ल्याउदा गुरुङले १३ हजार ३९९ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×