कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तेह्रथुम- २ मा माओवादीका चापागाईं विजयी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुम प्रदेशसभा- २ मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चापागाईं ८ हजार ३ सय ९४ मतसहित विजयी भएका हुन् ।

तेह्रथुम- २ मा माओवादीका चापागाईं विजयी

नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाईं निर्वाचित भएका हुन् । शान्ति प्रक्रिया पछि उनी पार्टीको जिल्ला अध्यक्ष र ईन्चार्जसमेत भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कन्दङवाले ८ हजार १ सय मत प्राप्त गरेका छन् ।

०७० मा चापागाईंले संविधानसभा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यसबेला उनले तेस्रो मत प्राप्त गरेका थिए । एमालेका कन्दङवा भने जिल्लाका पार्टी अध्यक्ष र निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन् । माओवादी केन्द्रका चापागाईं वर्षमान पुन अर्थ र उर्जामन्त्री हुँदा स्वकीय सचिव थिए ।

प्रकाशित : मंसिर ८, २०७९ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?