कपिलवस्तु १(२) : एमालेका चौधरी विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

कपिलवस्तु १(२) : एमालेका चौधरी विजयी

मनोज पौडेल

कपिलवस्तु — यहाँ एमालेले चौथौ जीत निकालेको छ । कपिलवस्तु क्षेत्र नम्बर १(२) प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदनशरण चौधरी विजयी भएका छन् ।

चौधरीले २ हजार ६ सय ८२ मतान्तरले विजयी भएका हुन् । उनले ११ हजार ७ सय ४८ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेसका सहसराम यादवले ९ हजार ६६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शान्तराज आचार्यले बताए । निर्वचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।

प्रकाशित : मंसिर ८, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेत १ मा पूर्णबहादुर खड्का निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।



प्रकाशित : मंसिर ८, २०७९ २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×