सत्ता गठबन्धनलाई हराउँदै सर्लाही ४ मा स्वतन्‍त्रबाट अमरेश सिंह विजयी

काठमाडौँ — प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनलाई हराउँदै सर्लाही ४ मा स्वतन्‍त्रबाट अमरेश सिंह विजयी

सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।

कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।

प्रकाशित : मंसिर ८, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?