रुपन्देही १(२) : कांग्रेसका रज्जाक विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

रुपन्देही १(२) : कांग्रेसका रज्जाक विजयी

अमृता अनमोल

बुटवल — रुपन्देहीको प्रदेश सभा क्षेत्र नम्बर १(२) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका उम्मेदवार दधिराम न्यौपानेलाई ८ सय २९ मतले पछि पारेका छन्  ।

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार रज्जाकले १२ हजार १ सय २४ मत ल्याएका छन् । एमालेका दधिराम न्यौपानेले ११ हजार २ सय ९५ मत ल्याएका छन् ।

रज्जाक यसअघि प्रतिनिधि सभा सदस्य एवं राज्यमन्त्री बनेका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल युनाइटेडविरुद्ध गौतम बुद्ध ६३ रनले विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा जारी जुनियर क्रिकेट लिगको बिहीबार भएको खेलमा बुटवल युनाइटेडलाई हराउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी सैनामैना विजयी भएको छ । उसले युनाइटेडलाई ६३ रनको अन्तरले हराएको हो ।

टस जितेर ब्याटिङ रोजेको सैनामैनाका खेलाडीले ३३ ओभरमा सबै विकेट गुमाई १ सय ३९ रन जोडे । जसमा सुशान्त थापाले ३६, सुहान भण्डारीले ३० रनको योगदान गरेका थिए । बलिङमा युनाइटेडका सागर गिरीले ३, सचिन अर्यालले २ विकेट लिए ।

सैनामैनालाई पछ्याउँदै युनाइटेडका खेलाडीले २३ ओभरमै अलआउट भई ७६ रन मात्र बनाउन सके । उसका लागि राजन गिरीले २१ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् । युनाइटेडलाई हराउन सैनामैनाका सन्तोष यादवले ४, अमित अधिकारीले २ विकेट लिए । खेलमा सैनामैनाका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जीबीआईसीए सैनामैना गरी ६ टिम सहभागी छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×