१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा तीन वटा प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा पहिलो जीत नेकपा एमालेले निकालेको छ ।

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी

क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार बलराम अधिकारी १५ हजार ६९२ मतान्तरले विजयी भएका छन् । उनले ३४ हजार ६७५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनालले १८ हजार ९८३ मत ल्याएको सहायक निर्वाचन अधिकृत शान्तराज आचार्यले बताए ।

विजयी अधिकारी २०७० को संविधान सभा सदस्य निर्वाचित भएका थिए । औपचारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित : मंसिर ८, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?