डोल्पामा नेकपा एसका धनबहादुर बुढा विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

डोल्पामा नेकपा एसका धनबहादुर बुढा विजयी

ज्योति कटुवाल

सुर्खेत — डोल्पामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् ।

बुढाले ११ हजार २ सय २५ भोट ल्याएर विजय भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ भोट ल्याए । बुढा पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीमा एमालेका भण्डारी निर्वाचित

तृप्ति शाही

बैतडी — एउटै निर्वाचन क्षेत्र रहेको बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई पराजित गर्दै उनले जित हासिल गरे ।

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् ।

बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।

प्रकाशित : मंसिर ८, २०७९ २०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×