१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मोरङ १(१) : सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उमाकान्त गौतम विजयी

काठमाडौँ — प्रदेश सभातर्फ मोरङ क्षेत्र नम्बर १(१)मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कुलप्रसाद साम्बालाई हराउँदै एमालेका उमाकान्त गौतम विजयी भएका छन् ।

मोरङ १(१) : सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका उमाकान्त गौतम विजयी

गौतमले १३ हजार ५ सय ३१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी साम्बाले १० हजार ४ मत प्राप्त गरे । साम्बा निर्वतमान प्रदेश सांसद हुन् ।

यस्तै, राप्रपाका पूर्णबहादुर वाइवा तामाङले ९ हजार १८४ मत प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेसनका शिवकुमार राईले २ हजार २४२ मत ल्याए ।

मोरङ १ मा प्रतिनिधिसभा तर्फ कांग्रेस, दुई वटा प्रदेश सभा सदस्यमा माओवादी केन्द्र र नेकपा एसले भागबन्डा गरेका थिए । भागबन्डा अनुसार मोरङ १(१)मा माओवादी र मोरङ १(२)मा नेकपा एसले पाएका थिए । प्रदेशतर्फ कांग्रेसका उम्मेदवार नभएपछि रुष्ट कांग्रेसका मतदाताले राप्रपा र अन्य दलललाई भोट हालेको विश्लेषण गरिएको छ ।

जारी गणनामा प्रदेश १(२)मा पनि गठबन्धनका उम्मेदवार एवं प्रदेशका बहालवाला मन्त्री उपेन्द्र घिमिरे पछाडि छन् । उनलाई एमालेका खड्ग बस्नेतले पछाडि पारिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका बस्नेतले २३ सय ८५ मत ल्याउँदा घिमिरेले १६ सय ५६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?