काभ्रे २ (१) मा एकीकृत समाजवादीका लम्साल विजयी

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा सत्तारुढ गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल विजयी भएका छन् । लम्सालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई पछि पार्दै विजयी भएका हुन् ।

काभ्रे २ (१) मा एकीकृत समाजवादीका लम्साल विजयी

लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने खकुरेलले १९ हजार २ सय २० मत पाएका छन् । प्रदेश २ (१) मा लम्सालसागै ६ जना प्रतिस्पर्धामा थिए । लम्साल यसअघिको २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नम्बर २ को प्रदेश (१) मा ४७ हजार ७ सय ११ मत खसेको थियो । जिल्लाको कुल मतदाता ३ लाख १० हजार ६३ मध्ये प्रदेश २ (१)मा ७७ हजार १ सय ९ मतदाता छन् । लम्साल यस अघिको निर्वाचन २०७४ मा पनि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?