पूर्वी नवलपरासी- २ मा कांग्रेसका कार्की विजयी     

काठमाडौँ — पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा फराकिलो मतान्तरले कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । अघिल्लो पटक आफूलाई १३ सय मतले पराजित गरेका एमाले नेता तिलबहादुर महत क्षेत्री (तिलक)लाई यस पटक कार्कीले २ हजार भन्दा बढी मतान्तरले पछि पारेका हुन् । 

पूर्वी नवलपरासी- २ मा कांग्रेसका कार्की विजयी     

कार्कीले ३६ हजार १ सय ४ मत पाएका छन् भने महतले ३४ हजार ८३ मत पाएका छन् । दुवैको मतान्तर २ हजार २१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । नवनिर्वाचित कार्की रुपन्देहीबाट पूर्वी नवलपरासी बसाइ सरेर आएका हुन् । उनले राजनितिसँगै व्यापार ब्यवसाय गर्दै आएका छन् । उनी क्रसर र इट्टा उद्योग संचालक हुन् । २०४८ सालपछि हाल सम्पन्न ७ वटा निर्वाचनमा यहाँ ५ पटक एमाले विजयी भएको छ । ०६४ साल र यस पटक कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

०७४ सालको प्रतिनिधिसभामा १३ सय मतान्तरले एमालेका तिलक महतसँग पराजित कार्कीले ५ वर्षपछि उनै महतलाई २ हजार भन्दा बढी मतले हराए संसदको यात्रा थालेका छन् । विनोद चौधरीले यो क्षेत्रमा उम्मेदवार हुन खोज्दा देउवासँगको घनिष्टताका कारण कार्कीले टिकट पाउन सफल भएका हुन् । प्रतिनिधि सभाका दुई वटै क्षेत्रमा यहाँ कांग्रेस विजयी भएको छ । क्षेत्र नम्बर १ मा कांग्रेसकै शशांक कोइराला विजयी भइसकेका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?