कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जाजरकोटमा शक्ति बस्नेतको ‘ह्याट्रिक’

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठवन्धनकातर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । कुल ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ । उनले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गरे ।

जाजरकोटमा शक्ति बस्नेतको ‘ह्याट्रिक’

एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गरे । बस्नेतले योसँगै तीन पटक संदसदीय निर्वाचन जिते । संविधान सभाको दोस्रो निर्वाचन २०७० मा एक्लै, २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धन र यसपटक कांग्रेससँगको गठबन्धनबाट निर्वाचित भएका छन् । बस्नेत स्वास्थ्य मन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्री समेत भइसकेका छन् ।

को हुन् शक्ति बस्नेत ?

नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्तिबहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षबाट राजनीति सुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल वैशाख १ गते भेरी नगरपालिका–१ कालेगाउँमा उनको जन्म भएको हो । बुबा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्तिबहादुर बस्नेत । उनका तीन दाजुभाइ छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन् भने उनकी एक छोरी संगम बस्नेत हुन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

तीन पटक मन्त्री

पहिलो संविधान सभाको निर्वाचन २०६४ पछि बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर गणतन्त्र स्थापनापछिको जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित बस्नेत गृहमन्त्री बने । २०७२ मा उनले गृहमन्त्रीको रुपमा काम गरेका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?