कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल निर्वाचित

रुपा गहतराज

नेपालगन्ज — नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् ।

खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल निर्वाचित

ढकाल २५०२६ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गहतराजले १९६३२ मत ल्याएका छन् । ढकाल ५३९४ मतान्तरले विजयी भएका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११४६५ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १००७१ मत ल्याएका छन् । क्षेत्र नं १ मा कुल मत खसेको ७५९७४ मत खसेको थियो भने ५१६२ मत बदर भएको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?