बाँके- ३ बाट कांग्रेसका किशोरसिंह विजयी 

रुपा गहतराज

नेपालगन्ज — नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठाैर बाँके क्षेत्र नम्बर ३बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी ४ हजार ७ सय ९३ मतान्तरले निर्वाचित भएका हुन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेता राठौरले २९ हजार ४० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरे ।

बाँके- ३ बाट कांग्रेसका किशोरसिंह विजयी 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी(जसपा)का नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख १३ हजार ३ सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७३ हजार ९ सय ८९ मत खसेको थियो भने ५ हजार ७७ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने प्रदेश सभा–३ (ख) मा नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । कांग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतान्तरले निर्वाचित भएका हुन् । कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत ल्याएका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन् ।

कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेशसभामा ३३ हजार ७ सय ३ मत खसेको थियो । यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?