कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाहाललाई ओलीको टेलिफोन : सम्भावित सहकार्यबारे जिज्ञासा

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राखेका छन् । चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए ।

दाहाललाई ओलीको टेलिफोन : सम्भावित सहकार्यबारे जिज्ञासा

दाहालको सचिवालयले ले टेलिफोन संवाद भएको पुष्टि गरे । 'अध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियो' दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।

नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?