प्रधानमन्त्रीमा मेरो दाबी छ : शशांक कोइराला - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीमा मेरो दाबी छ : शशांक कोइराला 

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् । 

प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने सुनाए । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’

युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उनले बताए । ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था राम्ररी बुझेको छु ।’ जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तरास्ट्रिय खेलमैदान बनाई छाड्ने उनले दावी गरे ।


प्रकाशित : मंसिर ८, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

भोजपुर प्रदेशसभा १ मा नेकपा एस र २ बाट कांग्रेसका उम्मेदवार विजयी

डम्बरसिं राई

खोटाङ — भोजपुरको दुवै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भोजपुर प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र भोजपुर प्रदेशसभा २ मा कांग्रेसका विनोद राई विजयी भएका हुन् ।


बिहीबार सम्पन्न मतगणनामा राजेन्द्रकुमार राईले एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८९ मतको अन्तरले हराएका हुन् । राजेन्द्रले १६ हजार १ सय १० र हरिबहादुरले १२ हजार २ सय २३ मत ल्याएका छन् । १३ हजार ५ सय ७९ ल्याएर विजयी भएका विनोद राईले एमालेकै खड्गबहादुर कार्कीलाई ७ सय ५१ मतको अन्तरले हराएका हुन् । कार्कीले १२ हजार ८ सय २८ मत ल्याएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×