२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चितवन ३(१) : राप्रपाका तामाङ निर्वाचित

रमेशकुमार पौडेल

चितवन — वाग्मती प्रदेश सभामा चितवन ३(१) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गिरबहादुर तमाङ (ज्ञानुजंग) विजयी भएका छन् ।

चितवन ३(१) : राप्रपाका तामाङ निर्वाचित

०७४ सालकाे निर्वाचनमा चितवन-३ बाट माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुषपकमल दाहाल विजयी भएका थिए । याे पटक पनि यहीँबाट उठ्ने याेजनामा रहेका दाहाल अन्तिम समयमा गाेरखाबाट उम्मेदवार भएका थिए ।

३६ वर्षीय तामाङले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका कृषि तथा वन विज्ञान विश्व विद्यालयका पूर्व रजिष्ट्रार डा.सुर्यकान्त घिमिरेलाई पराजित गरेका हुन् । तामाङले १७ हजार ८१३ मत ल्याउँदा घिमिरेले १४ हजार ९५६ मत ल्याए ।

०७४ सालमा याे क्षेत्रबाट प्रदेश सभामा विजयी एमालेका कृष्णप्रसाद भुर्तेल याे पटक तेस्राे स्थानमा रहे । भुर्तेलले ११ हजार ६२३ मत ल्याए ।

प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेकाे चितवनमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका पाँच क्षेत्रका नतिजा आइसकेकाे छ । चितवन-१ काे प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश सभाकाे १ मा एमाले र २ मा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी चितवन-२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भए । प्रदेशसभा १ मा एमाले र २ मा कांग्रेसका उम्मेदवार विजयी भए ।

नतिजा आउन बाँकी रहेकाे चितवन-३ मा प्रतिनिधि सभामा सत्तारूढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा.भाेजराज अधिकारीभन्दा राप्रपा कै विक्रम पाण्डे अगाडी छन् । प्रदेश सभा २ मा माओवादी केन्द्रका ठाकुर ढकाल अगाडि छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?