सप्तरी ३ मा कांग्रेसका यादव निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

सप्तरी ३ मा कांग्रेसका यादव निर्वाचित

अवधेशकुमार झा

राजविराज — सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्उ । नका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे । यसअघि उनले लगातार दुई पटक सोही क्षेत्रबाट पराजित भएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रे १ (१) : माओवादी केन्द्रका ढकाल विजयी

ज्योति श्रेष्ठ

काभ्रे — प्रदेश सभातर्फ काभ्रेको क्षेत्र नम्बर १(१) मा सत्तारुढ गठबन्धनकातर्फ माओवादी केन्द्रका रत्न प्रसाद ढकाल विजयी भएका छन् ।

ढकालले निकटतम प्रतिद्वन्द्वी एमालेका दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतले पछि पार्दै विजयी भएका हुन् ।

ढकालले २० हजार ७ सय २० मत प्राप्त गरे । तामाङले ११ हजार २ सय ७८ मत ल्याए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नं १ को प्रदेश (१) मा ३७ हजार ८८ मत खसेको थियो ।

ढकाल यस अघिको २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×