कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रे १ (१) : माओवादी केन्द्रका ढकाल विजयी

ज्योति श्रेष्ठ

काभ्रे — प्रदेश सभातर्फ काभ्रेको क्षेत्र नम्बर १(१) मा सत्तारुढ गठबन्धनकातर्फ माओवादी केन्द्रका रत्न प्रसाद ढकाल विजयी भएका छन् ।

काभ्रे १ (१) : माओवादी केन्द्रका ढकाल विजयी

ढकालले निकटतम प्रतिद्वन्द्वी एमालेका दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतले पछि पार्दै विजयी भएका हुन् ।

ढकालले २० हजार ७ सय २० मत प्राप्त गरे । तामाङले ११ हजार २ सय ७८ मत ल्याए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नं १ को प्रदेश (१) मा ३७ हजार ८८ मत खसेको थियो ।

ढकाल यस अघिको २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?