कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् ।

३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८ हजार ८१ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्

११ अंकले बढ्यो नेप्से 

कान्तिपुर संवाददाता

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९३३ अंकमा कायम भएको छ । कारोबार रकम भने ९२ करोड ५१ लाखमा खुम्चिएको छ । बुधबार १ अर्ब २ करोडको कारोबार भएको थियो ।

बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स १८, होटल २, जलविद्युत् ११, जीवन बीमा २७, उत्पादन ६०, माइक्रोफाइनान्स २७, अन्य २४ र व्यापार उपसमूह २३ अंक बढे । निर्जीवन बीमा भने ३ अंक घट्यो । घलेम्दी हाइड्रो र आरएमडीसी लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा भने साइन रेसुंगा विकास बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नेस्डो लघुवित्त र नबिल बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : मंसिर ८, २०७९ १६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×