चितवन-१ (२) बाट नेकपा एसका खनाल विजयी
चितवन — प्रदेश सभा तर्फ चितवन-१(२) बाट नेकपा एकीकृत समाजवादी(एस)का कृष्णप्रसाद शर्मा खनाल विजयी भएका छन् ।
सत्तारूढ गठबन्धनका उम्मेदवार रहेका खनालले १५ हजार ५०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका प्रमाश खनाल शैलेसले १४ हजार ७६८ मत ल्याएकाे चितवन-१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए ।
चितवन-१ काे प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भइसकेका छन् । त्यसैगरी चितवन-१(१) मा एमालेका जगन्नाथ थपलिया निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया