खोटाङमा माओवादीका राई विजयी, एमालेका भट्टराई पराजित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङमा माओवादीका राई विजयी, एमालेका भट्टराई पराजित

डम्बरसिं राई

खोटाङ — खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई निर्वाचित भएका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई २ हजार ६ सय ६९ को मतान्तरले पराजित गर्दै  पराजित गर्दै माओवादीका राई निर्वाचित भएका हुन् । 

बिहीबार सकिएको मतगणनामा माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ मत ल्याएका थिए । एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका भट्टराई खोटाङबाट निर्वाचित भएका थिए । प्रतिनिधिसभामा उनले संसदीय दलको प्रमुख सचेतकको रूपमा काम गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा जसपाका कृष्णकुमार राई १ हजार ९ सय १४ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७ सय ६१ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

दाङ–१ (२) मा कांग्रेसका अनुराग खड्का निर्वाचित

दुर्गालाल केसी

दाङ — दाङ क्षेत्र नं. १ प्रदेशसभा २ बाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का निर्वाचित भएका छन् ।

उनले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कुल बहादुर केसीले १३ हजार १ सय ७० मत ल्याएका छन् । उनीहरूको मतान्तर ३ हजार ५२ रहेको छ ।

निर्वाचित खड्का कांग्रेस नेता स्व खुम बहादुर खड्काका छोरा हुन् । उनी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका थिए । २८ वर्षीय खड्का जिल्लाका कान्छा प्रदेशसभा सदस्य हुन् । एमालेका केसी २०७४ मा एमालेबाट लमही नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×