कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित

धनकुटा — धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्रकुमार राई दोस्रो पटक निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरेका छन् ।

धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित

राईले ३० हजार १०१ मत ल्याएका छन् भने कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।

यहाँ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत पाएका छन् । ०७४ मा पनि यहाँबाट एमालेका राईले थापालाई नै पराजित गरेका थिए ।

थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । अघिल्लो पटक कांग्रेसको सहयोगमा यहाँबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थापा चुनाव हारेपछि कांग्रेसमै प्रवेश गरेर सहमहामन्त्री बने । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?