कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दाङ- ३ (१) मा कांग्रेसका चौधरी निर्वाचित

दुर्गालाल केसी

दाङ — दाङ क्षेत्र नं. ३ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार डिल्ली बहादुर चौधरी निर्वाचित भएका छन् । उनले १९ हजार ८ सय ५० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।

दाङ- ३ (१) मा कांग्रेसका चौधरी निर्वाचित

उनीहरूको मतान्तर ५ हजार ४ सय रहेको छ । चौधरी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका थिए । यस क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।

चौधरी २०७४ मा यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । पाण्डे २०७४ मा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?