१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँचथर प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका जवेगू विजयी

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई ६ सय ३३ मतान्तरले हराँउदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

पाँचथर प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका जवेगू विजयी

जवेगुले १६ हजार ८ सय ३७ मत पाँउदा भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा कूल ३९ हजार ९ सय ३३ मत खसेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए । जवेगूसँग एक दशकसम्म शिक्षण र तीन दशकभन्दा लामो समयसम्म राजनीतिक अनुभव छ ।

जिल्लाको प्रदेशसभा २ बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो मौसम विजयी भइसकेका छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ हालसम्म ३८ हजार ८ सय ८६ मत गनिएको छ । यत्तिका मत गन्दा एमालेका बसन्तकुमार नेम्वाङले अग्रता कायम गरेका छन् । नेम्वाङले १६ हजार ६ सय ११ मत पाउँदा कांग्रेसका भिष्मराज आङदेम्वेलाई १६ हजार ४३२ मत प्राप्त भएको छ । अब प्रतिनिधिसभा सदस्यमा ३८ हजार ८ सय ६६ मत गन्न बाँकी छ ।

प्रकाशित : मंसिर ८, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?