कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सोलुमा पूर्वमन्त्री बलबहादुर केसी २ हजार मतले पछि

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बु प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका बलबहादुर केसी २ हजार ६७ मतले पछि परेका छन् ।

सोलुमा पूर्वमन्त्री बलबहादुर केसी २ हजार मतले पछि

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका मनबीर राईले १५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका केसीले १३ हजार ८८९ मत प्राप्त गरेका छन् । सुरुवातदेखि नै अग्रता कायम गरेका राईले पछिल्लो समय अग्रता बढाउँदै लगेका छन् भने केसी पछाडि पर्दै गएका छन् ।

जिल्लामा सातौं पटक चुनाव लडेका केसी र एमाले उम्मेदवार राईबीचको प्रतिस्पर्धालाई निकै रोचक मानिएको छ । अहिलेसम्म ३३ हजार २ सय ४४ मत गणना भइसक्दा एमालेले सुरुवाती अग्रतालाई कायम राखेको हो ।

अब ७ हजार १ सय ८९ मत गणना गर्न बाँकी रहेको छ । यस्तै जसपाका ल्हाक्पा शेर्पाले ६ सय ९२, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवाद) का विष्णुप्रसाद बास्तोलाले ४ सय १३, राप्रपाका ज्ञानेन्द्रबहादुर बस्नेतले २ सय २१ मत प्राप्त गरेका छन् ।

नेमकिपाका तारानाथ कट्टेलले १ सय १८, मंगोल नेसनल अर्गनाइजेसनका सौबिर राईले ९१ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पाले २३ मत प्राप्त गरेको आयोगले जनाएको छ । दिउँसोसम्म सबै मतपरिणाम सार्वजनिक भइसक्ने बताइएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?