रुपन्देही-५ मा कांग्रेस नेता शाहलाई हराउँदै एमालेका घिमिरे विजयी

सन्जु पौडेल

लुम्बिनी — रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । घिमिरेले कांग्रेस नेता भरतकुमार शाहलाई ९ हजार ७०२ मतान्तरले पराजित गरेका हुन् । 

रुपन्देही-५ मा कांग्रेस नेता शाहलाई हराउँदै एमालेका घिमिरे विजयी

घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए ।

शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको लेखा समितिका सभापतिसमेत थिए ।

रुपन्देही–५ मा १ लाख २९ हजार १ सय ३५ मतदाता रहेकोमा ८५ हजार ७ सय ३६ मत खसेको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?