१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी

काठमाडौँ — ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । उनले निकटतम् प्रतिस्पर्धीलाई १८ हजारभन्दा बढी मतले हराएकी हुन् । 

ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी

कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् ।

योसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?