२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रौतहट-३ (१) मा स्वतन्त्र उम्मेदवार चौधरी विजयी  

शिव पुरी

रौतहट — रौतहटको क्षेत्र नम्बर ३ (१) का लागि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार केशवराय चौधरी १२ हजार २ सय ५५  मत ल्याई विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी जसपाकी पूजा चौधरीलाई २ हजार १ सय २३ मतान्तरले पराजित गरेका हुन् ।  

रौतहट-३ (१) मा स्वतन्त्र उम्मेदवार चौधरी विजयी  

निर्वाचन कार्यालय कटहरियाका अनुसार जसपाका उम्मेदवार पूजाले १० हजार १ सय ३२ मत प्राप्त गरिन् । थारु बाहुल्य रहेको यो क्षेत्रमा थारुको मत निर्णायक हुने गरेको छ ।

विजयी भएका चौधरी गएको स्थानीय तहमा एकीकृत समाजवादीको तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार थिए । उनी जसपाका सन्तलाल चौधरीसित पराजित भए । समाजवादीका स्थानीय तह नेता रहेका केशव पार्टी छाडेर एमाले प्रवेश गरेका थिए ।

एमाले जसपा गठबन्धनमा उनको क्षेत्र जसपाको भागमा परेपछि पूजाले टिकट हात परिन् । र चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिए । चारवटा क्षेत्रमा रहेको रौतहटमा प्रदेशसभाको ८ वटा सिटमध्ये यस अघि ३ जना प्रदेशसभा सदस्यमा विजयी भइसकेका छन् । मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश मात्रृका मरासिनीले प्रतिनिधिसभा र प्रदेशको मतगणना भइरहेको बताए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?