पर्वतमा एमालेका पदम गिरी विजयी

पर्वत — पर्वतमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ एमालेका पदम गिरीले २९ हजार ८७२ मत ल्याउँदै विजयी भएका हुन् । उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले २७ हजार ६०९ मत ल्याए । उनीहरूबीचको मतान्तर २२ सय ६३ रहेको छ ।
७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गिरीले जोशीलाई करिब १३ हजार मतान्तरले पराजित गरेका थिए । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाइजापुन तेस्रो स्थानमा छन् । उनले ४ हजार ८९ मत ल्याए ।
प्रकाशित : मंसिर ८, २०७९ ०८:१८